नेपाली चलचित्र ‘मिरमिरे’ मा अभिनेत्री सिर्जना निङलेकु अनुबन्धित भएकी छन्। दयाहाङ राई र प्रकाश सपूतपछिको तेस्रो प्रमुख अनुबन्धनको रूपमा सिर्जनाको नाम सार्वजनिक गरिएको हो। यसअघि चलचित्र ‘कार्साङ’ मा मुख्य भूमिका निभाएर प्रशंसा कमाएकी सिर्जनाले ‘मिरमिरे’ मा पनि महत्वपूर्ण भूमिका पाउने भएकी छिन्। विशेष कुरा के छ भने उनले आफ्नो पहिलो चलचित्र ‘कार्साङ’ मा पनि दयाहाङसँगै अभिनय गरेकी थिइन्, र अब दोस्रो चलचित्र ‘मिरमिरे’ मा फेरि दयाहाङसँग सहकार्य गर्न लागेकी हुन्।

सिर्जनाले ‘मिरमिरे’ मा अनुबन्धित भएपछि खुसी व्यक्त गर्दै निर्माण टिमप्रति आभार प्रकट गरेकी छन्। “महत्वपूर्ण भूमिकाका लागि विश्वास गर्नु भएकोमा धन्यवाद,” उनले भनिन्, “आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रयास गर्नेछु।” चलचित्रको निर्देशन यम शेर्पाले गरिरहेका छन्, जसले यो फिल्मलाई बलियो कलाकार र प्राविधिक टोलीको सहायताले उत्कृष्ट बनाउन खोजिरहेका छन्। ‘मिरमिरे’ले ग्रामीण परिवेशको सामाजिक कथा बोल्नेछ, जसको निर्देशन र कथा लेखन दुबै यम शेर्पाकै हो। चलचित्र २०८२ मा रिलिज हुने तयारीमा छ र यसको वितरण आरआर फिल्मसले गर्नेछ।

For More videos Log on to Mazzako TV