मोडल तथा अभिनेत्री मिस पबी अब शैक्षिक परामर्श संस्था एजुकेसन एण्ड माइग्रेसन कर्नरसँग आबद्ध भएकी छिन्। शुक्रबार आयोजित एक कार्यक्रममार्फत संस्थाका प्रमुख सुनिल उप्रेतीले उनलाई स्वागत गरे।

बिगत १८ वर्षदेखि नेपाली विद्यार्थीलाई अष्ट्रेलिया, अमेरिका, बेलायत, जापान, क्यानडा लगायतका देशमा उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आएको यस संस्थाले काठमाडौँ, चितवन, दमक, इटहरी, बिर्तामोडदेखि सिड्नी (अष्ट्रेलिया)सम्म सेवा दिइरहेको छ।

संस्थासँग आबद्ध भएकोमा खुशी व्यक्त गर्दै मिस पबीले भनिन्, “पुरानो र विश्वासिलो संस्थासँग सहकार्य गर्ने अवसर पाउँदा म निकै उत्साहित छु। म संस्थाको प्रगतिको लागि समर्पित भएर काम गर्नेछु।”

अब मिस पबी संस्था प्रतिनिधिका रूपमा विभिन्न कन्टेन्ट तथा प्रचार गतिविधिमा सक्रिय हुनेछिन्। संस्थाका प्रमुख उप्रेतीले पनि आशा व्यक्त गर्दै भने, “यूवा पुस्तामाझ लोकप्रिय मिस पबीको उपस्थितिले हाम्रो संस्थालाई थप उचाइमा पुर्‍याउने विश्वास लिएका छौं।”

अब शैक्षिक परामर्शको क्षेत्रमा मिस पबीको नयाँ यात्रा सुरु भएको छ।

For More videos Log on to Mazzako TV