बहुप्रतीक्षित नेपाली चलचित्र ‘महाभोज’ आजदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। निर्देशक दिनेश राउतको निर्देशनमा तयार भएको फिल्मले करिब २०० शोसहित प्रदर्शनको यात्रा सुरु गरेको हो। सामाजिक यथार्थमा आधारित यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङले मुख्य भूमिका निर्वाह गरेका छन्।

फिल्मको काठमाडौंमा आयोजित प्रिमियरपछि पोखरा, बुटवल, विराटनगर र धरानमा विशेष शो सम्पन्न भएका छन्। प्रिमियरमा सहभागी दर्शकहरूले फिल्मलाई यथार्थपरक, भावनात्मक र सशक्त प्रस्तुति भएको प्रतिक्रिया दिएका छन्। सहकारी पीडितहरूलाई केन्द्रमा राखेर बनेको यो फिल्मले धेरै दर्शकको मन छोएको बताइएको छ।

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको हो। निर्माता हिमाल कडरिया रहेको फिल्मले सामाजिक मुद्दा उठाउनुका साथै आम दर्शकलाई मनोरञ्जन र सन्देश दिन सफल भएको प्रतिक्रिया पाइएको छ। आजबाट सुरू भएको यसको प्रदर्शनले आगामी दिनमा अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV