‘महाभोज’को अग्रिम बुकिङ खुला
शुक्रवार (जेठ ३०) रिलिज हुन लागेको नेपाली चलचित्र ‘महाभोज’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशभरका मल्टिप्लेक्स तथा सिङ्गल स्क्रिन चलचित्र हलहरूले बुकिङ खुलाएका हुन्। दुई साताअघि नै रिलिज हुने तयारीमा रहेपनि राजनीतिक अस्थिरता र आन्दोलनका कारण फिल्मको मिति सारिएको हो।

चलचित्रले प्रारम्भिक चरणमै करिब २ सय शो सुरक्षित गरेको छ भने काठमाडौं, पोखरा र बुटवलमा सम्पन्न प्रिभ्यु प्रिमियरमा यसले निकै सकारात्मक प्रतिक्रिया बटुलेको छ। प्रिभ्यु शोमा सहभागी केही सहकारी पीडितहरूले फिल्मले आफ्नो आवाजलाई सशक्त रूपमा उठाएको प्रतिक्रिया दिएका छन् र दर्शकलाई यो फिल्म हेरी राज्यप्रति दबाब दिनु पर्ने धारणा व्यक्त गरेका छन्।
विकास सुवेदीको लेखन र दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। विशेष भूमिकामा सुरक्षा पन्त पनि देखिनेछिन्। चलचित्रलाई क्लक वर्क क्रियशन र पिक्चर फ्रेमले निर्माण गरेका हुन् भने हिमाल कडरिया यसका निर्माता हुन्।
For More videos Log on to Mazzako TV