निर्देशक कृषा चौलागाईंले आफ्नो नयाँ फिल्म ‘जहाजैमा’ को घोषणा गरेकी छिन्। जापान पुगेर यूएनए प्रोडक्सनको ब्यानरमा फिल्म साइन गरेकी उनले फिल्मको नामसहित सार्वजनिक थीम पोस्टर पनि सार्वजनिक गरेकी हुन्। पोस्टरमा एक पुरुष विमानस्थलमा लगेज बोकेर जहाज चढ्न जाँदै गरेको देखिन्छ, जसले विदेश जाने सपना देख्ने नेपाली युवाको कथा झल्काउँछ।

उज्ज्वल गुरागाईं निर्माता रहेको यस फिल्ममा कलाकारहरुको नाम सार्वजनिक गरिएको छैन भने छायांकनको जिम्मा पुरुषोत्तम प्रधानले लिने पक्का भइसकेको छ। भदौदेखि छायांकन सुरु हुने फिल्म नेपाल, जापान र फिलिपिन्समा खिचिनेछ भने सन् २०२६ मा रिलिज गर्ने तयारी छ।

‘पिताम्बर’ फिल्मले राम्रो चर्चा कमाएपछि कृषा हाल ‘जहाजैमा’ र त्यसपछि निर्माण गरिने ‘पिताम्बर २’ प्रोजेक्टमा सक्रिय छिन्। फिल्ममा नेपाल र जापानका कलाकारको अभिनय रहनेछ भने जापानमा एक महिनासम्म छायांकन हुने बताइएको छ। कृषा हाल प्रि–प्रोडक्सनमा व्यस्त छिन्।

For More videos Log on to Mazzako TV