‘जदौ’ फिल्ममा मुकुन भुसालको इन्ट्री
अन्तरजातीय प्रेमकथामा आधारित फिल्म ‘जदौ’ मा अभिनेता मुकुन भुसालको इन्ट्री भएको छ। यसअघि अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा अनुबन्ध भइसकेकी थिइन् भने अब अभिनेत्री सन्ध्या श्रेष्ठ पनि फिल्ममा समावेश भएकी छन्। काजी लिम्बूको लेखन, परिकल्पना र निर्माणमा बन्ने यस फिल्मको निर्देशन कसले गर्ने भन्ने खुलाइएको छैन, जसले फिल्मप्रति थप जिज्ञासा बढाएको छ। फिल्मको छायांकन भदौबाट सुरु हुने जनाइएको छ।

सिल्भर स्क्रीन र समिश्रण मुभिजको संयुक्त लगानीमा निर्माण हुने ‘जदौ’ का सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ र शान्ती तामाङ छन्। फिल्मका गीतमा बाबुल गिरीको संगीत, श्याम तामाङको छायांकन र बुद्धि माझीको निर्माण व्यवस्थापन रहनेछ। प्रबन्धक निर्देशक विमला भण्डारीका अनुसार फिल्म निर्माण सम्पन्न गरी २०८२ सालभित्रै दर्शकमाझ ल्याउने तयारी भइरहेको छ।
For More videos Log on to Mazzako TV