विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको तारागाउँ नेक्सट परिसरमा ‘एट द टिपिङ पोइन्टः आर्ट एण्ड इकोलोजी फ्रम द रूफटप अफ द वर्ल्ड’ प्रदर्शनी सुरु भएको छ। सगरमाथा नेक्सट र सर्राफ फाउन्डेसनको सहकार्यमा आयोजना गरिएको यो प्रदर्शनीले कला र वातावरणीय चेतनाको संगमलाई प्रस्तुत गरेको छ। तीन महिनासम्म चल्ने प्रदर्शनीमा १२ जना नेपाली तथा अन्तर्राष्ट्रिय कलाकारका विविध सिर्जनाहरू प्रदर्शित हुनेछन्।

प्रदर्शनीमा कलाकार सलिल सुवेदीको टोलीले प्रस्तुत गरेको ‘अर्थ इमर्जेन्स’ ले मानव र माटोको सम्बन्धलाई उजागर गर्छ भने हिमाली सिंह सोइन, उर्सुला बिमान्न, उत्सा हजारिका, मक्सुद अली मण्डल, समयुक्ता भण्डारी, अमित माछामासी, मोनिका उर्सिना जेगर, जोआना मोल, क्रिस जोर्डनलगायतका कलाकारहरूले जलवायु परिवर्तन, उपनिवेशवाद, शहरिकरण, र पारिस्थितिक सन्तुलनमाथि कलात्मक दृष्टिकोण प्रस्तुत गरेका छन्।

यस प्रदर्शनीले नेपालदेखि आर्कटिकसम्म, डिजिटल क्लाउडदेखि हराउँदै गएका गाउँसम्म फैलिएको संसारलाई समकालीन कलाको माध्यमबाट समेट्ने प्रयास गरेको छ। यो प्रदर्शनीले वातावरणीय संकटप्रति संवेदना जागाउने मात्र होइन, कला र चेतनाको साझा विमर्श समेत निर्माण गरेको छ।

For More videos Log on to Mazzako TV