‘अभिमन्यु : च्याप्टर–१’ को पोस्टर सार्वजनिक
चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले ९९ दिनको काउन्टडाउन सुरु गर्दै आफ्नो नयाँ पोस्टर सार्वजनिक गरेको छ। सेभेन सिज सिनेमाको प्रस्तुति रहेको यो चलचित्र आगामी भदौ २७ गते विश्वभर हिन्दी र नेपाली भाषामा एकसाथ रिलिज हुँदैछ। सार्वजनिक पोस्टरमा मधेसको ग्रामीण परिवेश देखाइएको छ, जहाँ एक युवकले सरकारी स्कुलको पोशाकमा रहेको सानी बालिकालाई किताब-कपी बोकेर स्कुलतर्फ लैजाँदै गरेको दृश्य छ। यसले चलचित्रले सामाजिक र भावनात्मक पक्ष उठान गर्ने संकेत गरेको छ।

सुशान्त गौतमको निर्देशनमा तयार भएको यो चलचित्र हाल पोस्टप्रोडक्सन चरणमा रहेको छ। सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया र सुष्मा निरौलाको मुख्य भूमिका रहेको फिल्मको कथा चक्रव्यूह र पैसाबीचको संघर्षमा केन्द्रित छ। मुकेश खनालको लेखन रहेको यस सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान लगायत रहेका छन्। चलचित्रको थिमले सामाजिक यथार्थ र आर्थिक प्रलोभनबीच फसेका पात्रको संघर्षलाई उजागर गर्ने बताइएको छ।
For More videos Log on to Mazzako TV