नेपाली चलचित्र ‘मोहर’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ, जसमा अभिनेता पल शाहको दोहोरो अवतार देख्न सकिन्छ। पोस्टरमा उनी लामो कपालमा अभिनेत्री वेनिशा हमालसँग र छोटो कपालमा नीति शाहसँग देखिएका छन्, जसले फिल्ममा उनको दोहोरो भूमिका हुन सक्ने संकेत गर्छ। ‘अलिखित नियमहरूमा आधारित कथा’ भनिएको यो फिल्मको टिजर जेठ २७ गते सार्वजनिक हुने निर्माण पक्षले जनाएको छ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा बनेको ‘मोहर’ मा पल शाह, वेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी र बाल–कलाकार सारा शर्माको मुख्य भूमिका रहेको छ। फिल्ममा दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन निर्देशन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द रहेको छ। चुम्बन जंग शाहीको निर्माणमा तयार भएको यो फिल्म साउन २३ गतेदेखि प्रदर्शनमा आउनेछ।

Sources

For More videos Log on to Mazzako TV