पुष्प खड्काको कमब्याक ‘महाराजधिराज’
नेपाली फिल्म ‘महाराजधिराज’मा अभिनेता पुष्प खड्का पनि अनुबन्ध भएका छन्। केही समयदेखि ठूलो पर्दामा नदेखिएका पुष्पले यो फिल्ममार्फत पुनः अभिनयमा फर्किंदैछन्। चलचित्रको टिमले आइतबार पुष्पलाई अनुबन्ध गरेको हो। आर्यन सिक्देल, रमेश उप्रेती, पल शाह, वर्षा राउत र वर्षा शिवाकोटीजस्ता कलाकारहरू यसअघि नै फाइनल भइसकेका छन्, जसले फिल्मको स्टारकास्टलाई बलियो बनाएको छ।

पुष्प खड्का ‘महाराजधिराज’मा आफ्नो भूमिका विशेष र चुनौतीपूर्ण रहेको बताउँछन्। उनले यो चलचित्रले आफूलाई अभिनय यात्रामा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्। सार्वजनिक जानकारीअनुसार, ‘महाराजधिराज’ फरक स्वादको कथामा आधारित हुनेछ, जसमा पुराना र नयाँ पुस्ताका कलाकारहरूको सशक्त समिश्रण देख्न पाइनेछ।
चलचित्रलाई परिच्छेद सेनले लेखन तथा निर्देशन गर्दै छन्। उनले यसअघि निर्देशन गरेको ‘प्रेमगञ्ज’ समीक्षात्मक रूपमा प्रशंसित भएको थियो। ‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुँदैछ भने प्रस्तुतकर्ता विराज बिष्ट हुन्, जसले यसअघि राष्ट्रिय अवार्ड विजेता फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए। चलचित्र आगामी फूलपातीमा देशभर प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ।
For More videos Log on to Mazzako TV