शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली फिल्म ‘नरसिंहाः अवतार’ को अग्रिम टिकट बुकिङ सुरु भइसकेको छ। रिलिजको मिति नजिकिँदै जाँदा दर्शकहरूको उत्साह बढिरहेको छ र फिल्मको चर्चा चुलिँदै गएको छ। यसैबीच, निर्माण टिमले फिल्मको नयाँ गीत ‘तिम्रो मात्र हुने मन छ’ सार्वजनिक गरेको छ। रोमान्टिक स्वादको यस गीतमा अर्जुन पोखरेल को शब्द तथा संगीत छ भने स्वर सैराज खाती र मनिषा सुनवार ले दिएका छन्। राज कटुवाल र सनिषा भट्टराई लाई गीतमा रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ। गीतमा माइकल चन्द को कोरियोग्राफी र राजु थापा को छायांकन छ।

फिल्ममा राजेश हमाल, नीति शाह, नीर शाह, उषा खड्गी, अर्जुन श्रेष्ठ लगायत चर्चित कलाकारहरूको अभिनय रहेको छ। दिवाकर भट्टराइ द्वारा लिखित तथा निर्देशित यो चलचित्रलाई नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने ले निर्माण गरेका हुन्। फिल्ममा चन्द्र पन्त को कथा, साहिल खान र मिलन श्रेष्ठ को सम्पादन, र राजु तामाङ को एक्सन निर्देशन रहेको छ। प्रेम, विछोड, बदलाको भावना र सस्पेन्सले भरिएको ‘नरसिंहाः अवतार’ नेपाली सिनेमामा नयाँ अनुभूति दिने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV