गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’ मा आफूले चाहेजस्तो संगीत गर्न पाएको बताएकी छन्। २५ वर्षको सांगीतिक यात्रामा यस्तो अवसर पहिलो पटक आएको बताउँदै उनले भनिन्, “म्युजिक गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म यही हो।”

लिम्बू समुदायको संस्कृति, लय र भाकालाई समेटेर तयार पारिएका गीतहरू प्रिमियरमा दर्शकले खुलेर प्रशंसा गरे। झुमाले ‘जार’ मा गीतसँगै पात्रको यात्रासँग जोडिएका भाव पनि संगीतमा पस्किएको बताइन्।

इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्देशक फुर्वा छिरिङ लामाको निर्देशनमा बनेको फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापा लगायतको अभिनय छ।

नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने फिल्ममा झुमा लिम्बू र गंगा थापाको संगीत छ भने छायांकन सिक्किममा गरिएको हो।

For More videos Log on to Mazzako TV