‘राम नाम सत्य’मा विराजपछि सुशील फाइनल
माइकल चन्द अब फिल्म निर्देशनमा होमिएका छन्। म्युजिक भिडियोमा सफलताको झण्डा गाडिसकेका उनले आफ्नो डेब्यू फिल्म ‘राम नाम सत्यः पर्दा पछाडिको पर्दा’ को तयारी तीव्र बनाएका छन्।
फिल्मको स्क्रिप्ट तयार भइसकेको छ भने कलाकार छनोटको काम जोडतोडका साथ चलिरहेको छ। नायक विराज भट्टलाई पहिल्यै फाइनल गरिसकेको निर्माण टिमले नयाँ अनुहारका रूपमा सुशील श्रेष्ठलाई पनि अनुबन्ध गरेको छ। बुधबार सम्झौता भएपछि सुशील फिल्मको हिस्सा बनेका हुन्।

कथा निकै आकर्षक भएको भन्दै सुशीलले आफू फिल्ममा जोडिन पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन्। फिल्ममा प्रेम, एक्सन र रहस्यले भरिएको कथा रहनेछ र दर्शकले सुशीललाई नयाँ अवतारमा हेर्न पाउनेछन्।

अब फिल्मका लागि नायिका र केही अन्य कलाकार छनोटको प्रक्रिया जारी रहेको निर्माण पक्षले जनाएको छ। उपेन शाही, श्वेता विमली र उत्तम गुरुङको लगानीमा बन्न लागेको फिल्मका कार्यकारी निर्माता डाक्टर डी. आर. उपाध्याय, टी. आर. गौडेल र नरेन्द्र शाह रहेका छन्। छायांकन चाँडै सुरू गर्ने लक्ष्य लिइएको छ।
For More videos Log on to Mazzako TV