चलचित्र ‘जार’को भव्य प्रिमियर मंगलबार ललितपुरको लाभिम मलस्थित क्यूएफएक्समा सम्पन्न भयो। सिक्किम र सिलिगुडीमा सम्पन्न प्रिमियरपछि नेपालमा गरिएको यो कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, सांसद उदय शमशेर जबरा, अभिनेत्री मनिषा कोइराला, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारीलगायत थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

मगर समुदायको सांस्कृतिक नृत्यबाट सुरु भएको कार्यक्रममा चलचित्रको कथा, गीतसंगीत र भीएफएक्सको खुलेर प्रशंसा गरिएको छ। इन्द्रबहादुर राईको कथामा आधारित ‘जार’ नेपाली इतिहास र संस्कृतिको झल्को दिने मौलिक चलचित्रका रूपमा चर्चा भएको छ।

प्रिमियरमा निर्देशक फुर्वा छिरिङ लामाको कलात्मक दृष्टिकोण, सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापाको अभिनयको विशेष प्रशंसा भयो। डा. भट्टराईले चलचित्रलाई ऐतिहासिक महत्वको भन्दै राज्यले कर छुट दिनुपर्ने सुझाव दिए।

‘जार’ वैशाख २६ गते शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आउँदैछ। सिक्किममा छायांकन गरिएको यो चलचित्र नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ रिलिज हुनेछ।

For More videos Log on to Mazzako TV