फिल्म ‘महाराजधिराज’को कलाकार लाइनअप बलियो बन्दै गएको छ, जसले आगामी दशैंको फूलपातीमा हुने प्रदर्शनको तयारीलाई झनै चासोको विषय बनाएको छ। अभिनेता पल शाह र रमेश उप्रेतीपछि अब चर्चित अभिनेता आर्यन सिग्देल पनि फिल्ममा अनुबन्धित भएका छन्। निर्माण पक्षका अनुसार आर्यनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो र उनले फरक शैलीको चरित्रमा देखिने बताएका छन्।

यसअघि आर्यन र पलले ‘पूजार सार्की’मा सँगै काम गरिसकेका छन् भने रमेश उप्रेतीसँग भने यो उनीहरूको पहिलो सहकार्य हुनेछ। फिल्मकी प्रमुख अभिनेत्रीको आधिकारिक घोषणा नभए पनि वर्षा सिवाकोटीसँग लिखित सम्झौता भइसकेको स्रोतले जनाएको छ। जय किशन बस्नेतको पनि अभिनय रहने यस फिल्मलाई निर्देशक परिच्छेद सेनले लेखन तथा निर्देशन गर्नेछन्। फिल्मका प्रस्तुतकर्ता विराज बिष्ट हुन् भने टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का निर्माताका रूपमा रहेका छन्।

For More videos Log on to Mazzako TV