भारतकी चर्चित डान्सर नोरा फतेही नेपाल आउने भएकी छिन् । नेपालमा ‘ह्युमन रेक्स्पेक्ट नेपाल ‘नामको एक संस्था छ, जसले बिभिन्न अनाथ, असाहायहरुका लागी काम गरिरहेको छ । शिक्षा बाट बन्चित भएकाहरुका लागी निशुल्क पढाइरहेको छ । यसै संस्थाको सहयोगार्थ उक्त कार्यक्रम हुन लागेको हो । त्यसै कार्यक्रमममा नोराले आफ्नो डान्स देखाउनेछिन् । कार्यक्रमको आयोजना भने वल्र्ड वाइड फिल्मस् नेटवर्क प्रा.लीले गर्दैछ ।

डान्सर नोराले नेपाली फ्यानका लागी एक भिडिओ सन्देश पनि पठाएकी छिन् । जसमा उनले काठमाडौंमा पहिलोपटक आफ्नो डान्स देखाउन पाउँदा खुसी लागेको र टिकटक काट्नका लागी सबैलाई आग्रह गरेकी छिन् ।

नोरा कहिले र कहाँ आउँदैछिन् ?
नोरा यहि आउँदो जेठ ३ गते शनिबार, मे १७ तारिखमा काठमाडौंको बौद्धमा रहेको होटल हायातको ग्राउण्डमा भब्य स्टेज बन्दैछ । त्यसै स्टेजमा नोराले आफ्ना चर्चित गीतहरुमा कम्मर मर्काउनेछिन् । आयोजक संस्था वल्र्ड वाइड फिल्मस् नेटवर्कका अध्यक्ष देब मगरसँग कार्यक्रमको बजेट सँगै अन्य महत्वपुर्ण प्रश्न गरेका छौं ।

टिकट दर २ हजार देखी ६८ हजारसम्म
कार्यक्रममा टिकट टर साधारणमा २ हजार रुपैंया, फ्यान पिट टिकटमा ४ हजार रुपैंया, भिआईपी टिकटकमा ७ हजार रुपैंया, भिभिआईपी टिकटमा १६ हजार रुपैंया र ग्रुपमा आउन चाहनेहरुले ५ देखी ६८ हजारसम्मको टिकट रहेका छन् । जुन खल्ती मोबाइल एपबाट टिकट खरिद गर्न सकिन्छ । कार्यक्रमका लागी साँझ ४ बजेपछि गेट खुल्नेछ ।

nora fatehi concert ticket buy
For More videos Log on to Mazzako TV