निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरमा घरप्रतिको मोह, त्यसले निम्त्याउने समस्याहरू र परिवारभित्रको द्वन्द्वको चित्रण गरिएको छ। ट्रेलरमा घर र डेराबीचको भिन्नता, घरप्रतिको मोहले ल्याएको सामाजिक, आर्थिक र पारिवारिक असरलाई देखाइएको छ। युवा पुस्ताले घर जोगाउन गरेको संघर्ष, ऋण, अहंकार र सम्बन्धको चक्रभ्यूह ट्रेलरमा प्रस्तुत गरिएको छ।

चलचित्र जेठ २ गतेदेखि प्रदर्शनमा आउँदैछ। निर्देशक खनाल यसअघि ‘पशुपतिप्रसाद’, ‘आमा’ र *‘चिसो मान्छे’*जस्ता सामाजिक फिल्ममार्फत सफल भइसकेका छन्। चलचित्रको कथा ख्यात साहित्यकार बुद्धिसागरले लेखेका हुन्। यो उनको पहिलो पटकको चलचित्र लेखन हो। ‘कर्नाली ब्लुज’ जस्ता चर्चित उपन्यासका लेखक बुद्धिसागरको पटकथा रहेको फिल्मप्रति दर्शकमा चासो बढेको छ।

चलचित्रमा खगेन्द्र लामिछानेको प्रमुख भूमिका रहेको छ। साथमा दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्तलगायत कलाकारको अभिनय रहनेछ।फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको संयुक्त ब्यानरमा निर्माण भएको हो। निर्माता नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुन् भने कार्यकारी निर्माता युवराज कार्की रहेका छन्। छायांकन कृष्णबहादुर थापाले गरेका हुन्।ट्रेलर सार्वजनिक भएसँगै दर्शकबाट सकारात्मक प्रतिक्रिया आएको छ। सामाजिक सञ्जालमा फिल्मप्रति उत्साहजनक प्रतिक्रिया देखिएको छ।

For More videos Log on to Mazzako TV