‘बलिदान’को प्रि-टिजर सार्वजनिक, समीर भट्टको दमदार प्रस्तुति
नेपाली चलचित्र ‘बलिदान’ को प्रि-टिजर सार्वजनिक गरिएको छ। आगामी वडा दशैँको फूलपातीमा प्रदर्शनको तयारीमा रहेको यो चलचित्रको भिडियो सामग्री प्रमुख अभिनेता समीर भट्टको जन्मदिनको अवसरमा सार्वजनिक गरिएको हो।

प्रि-टिजरमा समीर भट्टका एक्सन दृश्यहरू प्रस्तुत छन्, जहाँ देशप्रेमले भरिएको न्यारेशनले भिडियोलाई थप प्रभावशाली बनाएको छ। भिडियोमा समावेश गरिएको संवाद—“देशको चिन्ता। माटोले खोज्दै छ जसलाई, जन्माइन आमाले उसलाई…” ले कथावस्तुको गहिरो भावनात्मक पक्ष संकेत गर्छ।
निर्देशक सन्तोष सेनका अनुसार समीर भट्टमा अभिनय र प्रस्तुतीकरणका सबै पक्ष बलियो छन् र ‘बलिदान’ फिल्मले ती सबै पाटाहरू उजागर गरेको छ। सेनले यो प्रि-टिजरलाई एक प्रारम्भिक झलक भन्दै आगामी दिनमा थप झिल्काहरू सार्वजनिक हुने बताएका छन्।
‘बलिदान’ मा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, र प्रेम पुरीको अभिनय रहेको छ। ‘आसुसेन फिल्म्स प्रा.लि.’ को ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।