नेपाली चलचित्र ‘माया प्रीति’मा अभिनेता आशीर्वाद क्षेत्रीको अभिनय रहने पक्का भएको छ। निर्माण टिमले जानकारी गराएअनुसार, चलचित्रमा आशीर्वादसँगै अभिनेत्री दिव्या रायमाझी प्रमुख भूमिकामा देखिनेछिन्। चलचित्रको निर्देशन अभि श्रेष्ठले गर्नेछन् भने छायाङ्कन श्याम तामाङले सम्हाल्नेछन्।

‘माया प्रीति’ वन टु थ्री स्टुडियोज प्रा.लि.को ब्यानरमा निर्माण हुँदैछ। अहिले चलचित्र कार्यशालाको चरण पार गरी छायाङ्कनको अन्तिम तयारीमा रहेको निर्देशक श्रेष्ठले बताएका छन्।

यो चलचित्र एक समयको चर्चित टेलिभिजन शो ‘प्ले इट अन’का समूहले निर्माण गर्दैछन्। प्राविधिक, क्रियटिभ र व्यवस्थापनमा अनुभवी टिमको उपस्थितिका कारण चलचित्रलाई निकै अपेक्षाका साथ हेरिएको छ। चलचित्रको कथा प्रेम र सम्बन्धका विविध पाटोलाई उजागर गर्ने बताइएको छ।

‘माया प्रीति’लाई दर्शक माझ नयाँ स्वाद दिनेस्वरूप तयार पारिएको छ र यसको प्रिमियरका लागि समेत उच्च तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

For More videos Log on to Mazzako TV