छ वर्षअघि ‘भ्वाइस अफ नेपाल’को दोस्रो सिजनमा प्रतिस्पर्धीको रूपमा देखिएका गायक कुमा सागर पुनः सोही स्टेजमा फर्किएका छन्। तर यसपटक प्रतिस्पर्धा गर्न होइन, आफ्नो संगीत यात्राको गहिरो प्रभाव देखाउन विशेष प्रस्तुति दिन आएका थिए । शुक्रबार प्रसारित एपिसोडमा उनले आफ्नै लोकप्रिय गीत ‘छहरे सरी: दया तया’ प्रस्तुत गरे, जसले स्टेज नै गुञ्जायमान बनायो । उनको गायन र प्रस्तुतिले उपस्थित दर्शक मात्र होइन, कोचहरूलाई समेत मन्त्रमुग्ध बनायो। कार्यक्रमको लाइभ शो राउन्डमा भएको यो प्रस्तुति निकै चर्चामा रह्यो। प्रस्तुति दिएपछि कुमा सागरले भ्वाइसको स्टेजमा फेरि आउन पाउनु आफूका लागि गर्वको कुरा भएको बताए। उनले भने, “यहाँ दाइहरूले बाटो देखाइदिनुहुन्छ, हामीले आफ्नो बाटो खोज्ने हो।” यो भनाइमार्फत उनले नयाँ पुस्तालाई प्रेरणा दिने प्रयास गरेका थिए।

कोचहरू राजु लामा, मेलिना राई, खेम सेन्चुरी र उदय सोताङ चारैजनाले कुमा सागरप्रति सम्मान व्यक्त गरे। राजु लामाले उनलाई युवाहरूको लागि प्रेरणाको स्रोत भने भने मेलिना राईले “भ्वाइस आफैंलाई गर्व गर्न सक्ने क्षण हो” भन्ने अभिव्यक्ति दिइन्। खेम सेन्चुरी र उदय सोताङले पनि कुमा सागरको संगीत यात्राको मुक्तकण्ठले प्रशंसा गरे।

चारै कोचले एकसाथ स्ट्यान्डिङ ओभेसन दिँदै कुमा सागरलाई सम्मानित गरे। उनी एक पटक फेरि दर्शक र संगीत प्रेमीका मन जित्न सफल भएका छन्।

For More videos Log on to Mazzako TV