फिल्म ‘कार्की साईला’ को सोमबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको छ। सिनेमाको मुहूर्त सट मुख्य कलाकार जितु नेपाल र वर्षा सिवाकोटीको उपस्थितिमा गरिएको थियो। कार्यक्रममा निर्देशक जनकदीप पराजुलीले ‘एक्सन–कट’ दिएका थिए भने क्ल्याप निर्माता सुशील पोखरेलले दिएका थिए। क्यामेरा स्विच अन डम्बर बहादुर राईले गरेका थिए। त्यस्तै, निर्माता तथा कलाकार उग्रसन ढुङ्गानाले नरिवल फोरेर क्यामेरा पूजा गरेका थिए।

कर्ण बहादुर फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने सिनेमाको निर्देशन राजेन्द्र बस्नेतले गर्दैछन् भने प्रस्तुतकर्ता कृष्ण भगत चाम्लिङ रहेका छन्। बालकुमार राई निर्माता रहेको यस सिनेमामा द्वन्द्व निर्देशन राजु किराँतीको रहनेछ। संगीत बाबुल गिरीले, नृत्य निर्देशन कमल राईले तथा गीतकार तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम रहने जनाइएको छ। पटकथा तथा संवाद अजित लामिछानेले लेखेका हुन्।

मुख्य कलाकार वर्षा सिवाकोटी र जितु नेपालसँगै सिनेमामा गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर, मनिल तामाङ लगायतको अभिनय रहनेछ। निर्देशक बस्नेतका अनुसार ‘कार्की साईला’ ले ग्रामीण जीवनको कथा प्रस्तुत गर्नेछ। सिनेमाको मुख्य पात्र एक भरिया (बोकेर काम गर्ने व्यक्ति) हुन्, जसको जीवन संघर्षलाई पर्दामा उतारिनेछ।

सिनेमा आगामी वैशाख २० गतेदेखि धनकुटा जिल्लाका विभिन्न स्थानमा छायांकन हुने निर्माण पक्षले जनाएको छ। साथै, केही अन्य कलाकारहरूको छनोट प्रक्रिया अझै जारी रहेको पनि जानकारी दिइएको छ।

For More videos Log on to Mazzako TV