फिल्म ‘मायावी’ भोलि बुधबारदेखि रिलिज हुँदैछ, तर यसको चर्चा हलमा पुग्नुअघि नै उत्कर्षमा पुगेको छ! प्रिमियर शोमा महानायक राजेश हमाल स्वयं किर्तिपुर सिनेप्लेक्ससम्म पुगेर फिल्म हेर्न उत्साहित देखिए।

हमाल प्रिमियर शोमा कमै जाने अभिनेता हुन्, तर ‘मायावी’ हेरेपछि उनले खुलेरै प्रशंसा गरे— “यो फिल्ममा सबै कुरा छ। कथावस्तु मन छुने छ, संगीत कर्णप्रिय छ, कलाकारको अभिनय शानदार छ। फिल्मले बजार तताउनेमा कुनै शंका छैन ।

उनले यो फिल्मलाई ‘बेग्लै लभ स्टोरी’ भन्दै यसको अप्रत्याशित मोडहरू दर्शकलाई चकित पार्ने उल्लेख गरे। निर्देशक दिवाकर भट्टराईको मेकिङले हमाललाई चकित तुल्याएको छ, जसकारण उनले खुलेर बधाई दिए।

फिल्म ‘मायावी’ ले पोखराको रमणीय वातावरणमा प्रेमकथालाई फरक ढंगले प्रस्तुत गरेको छ। कथाले प्रेम, त्याग, र भावनात्मक संघर्षलाई चित्रण गर्छ, जसले प्रिमियरमा उपस्थित धेरै दर्शकको आँखा रसाएको थियो।

फिल्मका मुख्य कलाकार दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अन्शु महर्जन, समीम खान लगायतले अभिनयमा न्याय गरेको दर्शकले बताए। नायक पल शाह भने फिल्म सुटिङकै कारण प्रिमियरमा अनुपस्थित रहे।

अब देशभरका मल्टिप्लेक्सहरूमा ‘मायावी’ को बुकिङ खुलिसकेको छ, र दर्शकहरू फिल्म हेर्न आतुर देखिन्छन्। क्यूएफएक्स, वान सिनेमाज, बीग मुभिज, एफक्यूब लगायतका हलहरूमा शोज उपलब्ध छन्।

For More videos Log on to Mazzako TV