रेवेल इभेन्ट्सका अध्यक्ष राजेश हमाल, सतिसाल इन्टरनेशनल एलएलसीका लकेश श्रेष्ठ, तथा बुद्ध कर तथा लेखाका पशुपति श्रेष्ठको संयुक्त आयोजनामा टपसप 8848 हिमालयन म्युजिक एण्ड फिल्म अवार्ड सम्बन्धी विशेष प्रेस मिट नक्सालस्थित हिल्टन होटलमा सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली चलचित्र तथा संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिले विशेष महत्त्व राख्यो। वरिष्ठ अभिनेता कृष्ण मल्ल, एक्सन निर्देशक राजेन्द्र खड्की, अभिनेता रविन्द्र खड्का, सञ्चारकर्मी सुरजसिंह ठकुरी, वरिष्ठ गायकहरू प्रेमराज महत, ओम विक्रम विष्ट, यम बराल, बद्री पंगेनी, तथा निर्देशक दिलीप समन लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थितिले कार्यक्रमलाई भव्य बनायो।

यस अवार्डको मुख्य उद्देश्य नेपाली चलचित्र तथा संगीत क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नु रहेको छ। साथै, आउँदो अवार्ड समारोह न्यूयोर्कमा आयोजना गरिनेछ, जहाँ विभिन्न विधामा अवार्ड प्रदान गरिनुका साथै नेपाली कलाकारहरूलाई विशेष सम्मान गरिनेछ। थप रूपमा, लाइफटाइम अचिभमेन्ट अवार्ड समेत प्रदान गरिनेछ।

अवार्ड समारोहका लागि टपसप काठमाडौंलाई टाइटल स्पोन्सर तथा समिप इन्टरटेनमेन्टलाई सह-प्रायोजक को रूपमा चयन गरिएको छ।

For More videos Log on to Mazzako TV