‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आउँदो हप्तादेखि सुरू
गायनमा भविष्य खोज्ने प्रतिभालाई लक्षितगर्दै निर्माण गरिएको गायन प्रतियोगीता शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ को प्रशारण आउँदो हप्ता देखि सुरू हुनेभएको छ । ‘रील्स इन्टरटेन्मेन्ट’ को प्रस्तुतीमा तयार भएको ‘सिङ्गिङ स्टार नेपालसिजन १’ आउँदो हप्ता माघ १२ गते प्रत्येक हप्ताको शनिवार र आइतबार राति ९ः०० बजे प्राइम टाइम्स एचडी टिभीबाट प्रशारण हुँदैछ ।

नेपालकै मौलिकतालाई प्रवद्र्धन गर्ने उदेश्य सहित तयार गरिएको मौलिक नेपाली शोमा निर्णायकको भूमिकामागायिका डा त्रिशला गुरुङ, सङ्गीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल रहेका छन् । सङ्गीतकार पोखरेलले यस प्रतियोगिताले सहभागी अन्तिम १४ मध्ये गायन क्षमता भएकाले अवसर दिने जानकारी दिए ।
उनले भने,‘रियालिटी शोमा गायन क्षमता भएता पनि भोटिङका कारण प्रतियोगी बाहिरिनु पर्ने हुन्छ । तर, अन्तिम १४ मा रहेका प्रतियोगीको गायनक्षमता हेरेर भोटिङका कारण प्रतियोगिताबाट बाहिरिए पनि हामी गीतनिकाल्ने अवसरको सिर्जना गर्नेछौँ । यस कारण पनि अन्यभन्दा यो प्रतियोगिता फरक छ ।’
सङ्गीतकार पोखरेलले यस्ता मञ्चले नयाँप्रतिभालाई अवसर सिर्जना गर्नेमा जोड दिए । कार्यक्रमको प्रोजेक्ट हेड र निर्देशक प्रमोद कुमार भण्डारी र निर्माता टोलीमा शिखर गौतम, बुद्धि प्रसाद ढुङ्गाना, र नभराज चौलागाईं छन् । कार्यक्रमको सञ्चालननम्रताश्रेष्ठ र विशालपोखरेलले गर्नेछन् ।
‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली सङगीत प्रेमी दर्शकलाई मनोरञ्जन मात्रहोइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभा शाली गायक र गायिका खोज्ने रहेको निर्देशक भण्डारीले बताए । उनले भने,‘यो कार्यक्रमले नेपाली सङ्गीतको मौलिकता झल्काउने छ र दर्शकलाई भरपुर मनोरञ्जन दिनेछ।’ नेपाली सङ्गीत क्षेत्रमानयाँआयामथप्ने विश्वास गरिएको शो ‘सिङ्गिङ स्टार नेपाल’कार्यक्रमको बजार व्यवस्थापनतपस्याक्रिएसन ले गरेको छ।
For More videos Log on to Mazzako TV