‘रंगी’को जापान राइट्स मंहगो रकममा बिक्री
फिल्म ‘रंगी’ नेपाली चलचित्र क्षेत्रको प्रतिक्षित प्रोजेक्ट हो, जसलाई सान्भी इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको हो। यो फिल्म फागुन २ गते प्रदर्शनमा आउँदैछ। सलोन बस्नेत प्रस्तुतकर्ता रहेको यस फिल्मले बाबु र छोरीबीचको गहिरो सम्बन्धको कथालाई प्रस्तुत गर्दछ। जापानमा फिल्मको अधिकार युना इन्टरटेनमेन्टले उज्जवल गुरागाईंमार्फत् खरिद गरेको छ, यद्यपि बिक्री रकम सार्वजनिक गरिएको छैन।
फिल्म ‘रंगी’ सुरेश न्यौपानेको डेब्यू निर्देशन हो। यसअघि ‘छक्का पञ्जा’, ‘कृ’, ‘म यस्तो गीत गाउँछु २’ जस्ता चर्चित चलचित्रमा सहायक निर्देशकको रूपमा काम गरिसकेका न्यौपानेले यस फिल्ममार्फत् आफ्नो निर्देशन यात्रा सुरु गरेका छन्। कलाकार समूहमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, सुमिन गुरुङ, र विशाल पहारीजस्ता स्थापित तथा उदीयमान कलाकार छन्।
फिल्मको लेखन सुमन गजमेरले गरेका छन् भने सौरभ लामाको छायांकन, दुर्गेश थापा र आमेश भण्डारीको संगीत, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। प्रस्तुतकर्ताका अनुसार ‘रंगी’ले पारिवारिक भावनालाई मुख्य थिम बनाउँदै दर्शकलाई मनोरञ्जन र भावना दुबै प्रदान गर्ने प्रयास गर्नेछ। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र अन्य वितरकले प्रदर्शनमा ल्याउनेछन्।
For More videos Log on to Mazzako TV