सुदर्शन थापाको निर्देशित चलचित्र ‘रावायण’ ले पहिलो दिनबाट आक्रामक सुरुवात गरेको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिकामा रहेको चलचित्र रावायणको बिहानबाटै हलमा दर्शकको भिड लागेको छ । पूजाको लगानीमा निर्माण भएको चलचित्रमा पलको दोहोरो भूमिका रहेको छ ।

पल शाहको पात्र हाबी रहेको चलचित्रको दर्शक क्रेज पनि हलमा हाबी देखिएको छ । पल र पूजा बिहानबाट नै विभिन्न हलमा पुगिरहेका छन्। बिग मुभिज, सिभिल मल, अष्टनारायण लगायतका हलमा दर्शकको उपस्थिति बलियो रहेको छ । रिलिजको पहिलो र दोश्रो दिन पल र पुजाका फ्यानले हलमा बलियो उपस्थिति जनाउदै आएका छन् । सोहि क्रम यो चलचित्रमा पनि देखिएको छ ।

बिभिन्न हलमा पुग्दा पुजा र पलले दर्शकको सकारात्मक प्रतिक्रिया र हौसला पाइरहेका छन्। चलचित्रमा पल र पूजाको साथमा प्रियंका कार्की, प्रकाश शाह, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।
सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बनेको फिल्मकी निर्माता पुजा शर्मा हुन् । फिल्ममा सुशन पाठक कार्यकारी निर्माता छन् ।फिल्ममा पल शाह, पुजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, कैलाश रावल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ ।

फिल्ममा सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन, प्रदीप श्रीवास्तव र राज गौरवको ओरिजिनल हिन्दी स्क्रिप्ट, सौरभ लामाको छायांकन, मिलन श्रेष्ठको सम्पादन, प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, नकासा अजिज, कुनाल गान्जावाला, सोनु कक्करको स्वर, डा. कृष्णहरि बराल र प्रदीप श्रीवास्तवको शब्द, रेवन आरती सिंहको ओरिजिनल ब्याकग्राउण्ड स्कोर, उमेश चौधरीको आर्ट डिरेक्सन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ ।
फिल्मको वितरण आरआर फिल्मसले गर्नेछ भने डिजिटल पार्टनरको रुपमा ओएसआर डिजीटल रहेको छ ।

For More videos Log on to Mazzako TV