फिल्म सम्बद्ध संघ संस्थालाई ‘बुलाकी’को ज्ञापनपत्र, सहयोगको लागि अपिल
यहि साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बुलाकी’ निर्माण टिमले चलचित्र सम्बद्ध विभिन्न संघ संस्थालाई ज्ञापनपत्र बुझाउँदै सहयोगको लागि आह्वान गरेको छ । नेपाली समाजको वास्तविक एवम् मौलिक कथा उठान गरेको चलचित्रको प्रदर्शनमा सहजता खोज्दै ज्ञापनपत्र प्रदान गरिएको हो ।
निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार विराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका संघ संस्थाको कार्यालयमा पुगेर सहयोगको अपिल गरेका हुन् ।
देशको आफ्नै समाजको मौलिक कथा उठान गरेको ‘बुलाकी’लाई नेपाल र विश्वभरी छरिएका नेपाली दर्शकहरू नजिक पुर्याउनुपर्छ र पुग्नुपर्छ, हरेक नेपालीले हेर्नुपर्छ भन्ने हाम्रो बुझाइ छ । साउन ३२ गते रिलिज हुने यो चलचित्रलाई धेरै भन्दा धेरै दर्शकमाझ पुग्ने वातावरण बनाउन यहाँहरुको साथ, सहयोग र सद्भावको खाँचो महसुस गरेको छु ।’ विष्टले पत्रमा उल्लेख गरेका छन् ।
निर्माता विष्टले देशको परिवेश र यथार्थता बोकेको फिल्म हेर्नको लागि नजिकको चलचित्र घरमा पुगेर आफ्नो टिमको प्रयासमा हातेमालो गर्न सम्पूर्ण नेपाली दर्शकलाई आह्वानसमेत गरेका छन् ।
पश्चिम नेपालमा विद्धमान जारी प्रथाको यथार्थ कथा उठान गरेको चलचित्रले यो बीचमा देश तथा विदेशमा सम्पन्न विभिन्न ख्यातीप्राप्त अवार्ड तथा चलचित्र महोत्सवहरूमा उत्कृष्ट चुनिँदै आफ्नो अब्बलता प्रस्तुत गरिसकेको छ । नेपाल सरकारबाट विशेष चलचित्रको अवार्ड प्राप्त गरेको ‘बुलाकी’मा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री लगायत प्रमुख अभिनयमा छन् । लक्ष्मण सुनार फिल्मका निर्देशक हुन् ।
For More videos Log on to Mazzako TV