निर्देशक ऋिषी न्यौपाने आफुले निर्देशन गर्न लागेको नयाँ चलचित्रको म्युजिक सेटिंगमा लागेका छन्। त्यसो त ऋिषीसंग यतिखेर दुईवटा चलचित्रका स्क्रिप्ट रेडी छन्। जसअनुरुप उनि पहिलो चरणमा लबस्टोरी चलचित्र बनाउँदै छन्। सोहि चलचित्रका लागि संगीतकार विकास चौधरीले गितको काम गरिरहेका छन्।

अनटाइटल उक्त लबस्टोरी चलचित्रमा दुई गीतहरु हुने न्यौपानेले जानकारी गराए। संगीतकार चौधरीले यसअघि पनि ऋिषीका थुप्रै चलचित्रका लागि गित बनाइसकेका छन्। ऋिषीको पछिल्लो चलचित्र बीच बाटोको पप्पी देउ बोलको गित हित मानिएको थियो। तेसैले पनि फेरी एकपटक विकासले आफुले भने जस्तो गित बनाउने र गित हिट हुनेमा आशावादी छन् निर्देशक ऋिषी न्यौपाने। ऋिषीले करिब ६ वर्ष पछि चलचित्र बनाउँन लागेका हुन्।

तेसैले पनि उनि चलचित्रका लागि कडा मिहेनत गरिरहेका छन्। गीतको काम सकिय लगतै कलाकारहरु फाइनल गर्न लाग्ने ऋिषी बताउँछन्।लबस्टोरी चलचित्रका लागि उनले पल शाह संग कुरा गर्न लागेको समेत बताए।

For More videos Log on to Mazzako TV