गुणस्तरीय स्वास्थ्य सेवा,औषधी तथा औषधीजन्य सामाग्रीहरु,कस्मेटिक्स र फुड सप्लिमेन्टहरु एउटै छानामुनि उपलब्ध गराउने उदेश्यका साथ काठमाडौँको शान्तिनगरमा स्मार्ट हेल्थ मार्ट र स्मार्ट हेल्थ क्लिनिक संचालनमा आएको छ।

info

 सोमबार एक कार्यक्रमका बिच हाँस्य कलाकार द्वय जितु नेपाल र सुमन कार्कीले संयुक्त रुपमा मार्ट र क्लिनिकको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै जितु र सुमनले नयाँ सोचका साथ संचालनमा आएको स्मार्ट हेल्थ मार्ट र स्मार्ट हेल्थ क्लिनिकको सफलताको कामना गरेका थिए। उनीहरुले सामान्यतय आफ्नो स्वास्थ्यका बारेमा परामर्स समेत लिएका थिए र आवश्यक पर्दा अब देखि स्मार्ट हेल्थ मार्ट र स्मार्ट हेल्थ क्लिनिकको सहयोग लिने समेत बताए। यो मार्ट र क्लिनिकको सेवा एसएचएनमार्ट डट कम बाट लिन सकिने छ। 

 स्मार्ट हेल्थ मार्ट रस्मार्ट हेल्थ क्लिनिक काठमाडौँको पेप्सीकोलामा संचालनमा आइसकेको छ भने अर्को शाखाका रुपमा चाँडैनै धापासी र काठमाडौँका अन्य स्थानमा समेत बिस्तारै शाखा विस्तार गर्दै जाने संचालक जितेन्द्र कुमार थापाले जानकारी गराए। 

For More videos Log on to Mazzako TV