युवराज चौलागाईँ कुशुमलाई भन्दैछन् ‘नझुक्याउ‘
लोकप्रिय गायक युवराज चौलागाईँ नयाँ गीत ‘नझुक्याउ‘ रिलिज भएको छ । गीतकार दीपिका थापा रिमालको शब्द रहेको गीतमा गायक चौलागाईँ कै संगीत सुन्न सकिन्छ । यो गीतको म्यूजिक भिडियोलाई शान थापाले निर्देशन गरेका छन् । भिडियोमा गायक चौलागाईं सहित कुशुम शर्मा तथा विकाश लामिछानेले अभिनय गरेका छन् ।

यो गीतको म्यूजिक भिडियो गायक चौलागाईंको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । मेनुका ढकालको समेत अभिनय रहेको यो भिडियोलाई अर्जुन तिवारी तथा उनको टिमले छायांकन गरेको हो । मिलन विश्वकर्मा यो भिडियोका सम्पादक हुन् ।