सलिनमानको कमब्याक ‘युओजी’ मार्फत साथमा सलोन
अभिनेता सलिनमान बनियाँले फिल्म यात्रा अ म्युजिक रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने फिल्म युओजी (युनिभर्सिटी अफ गुण्डाज)को निर्माण घोषणा गरिएको छ । फिल्मको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोनलाई एक्सन मुडमा देख्न सकिन्छ ।

ब्याग्रराउण्डमा गाडीमा आगो लाग्नुका साथै कलेज गेट र भवन देखाइएको छ । सार्वजनिक पोस्टरले फिल्ममा विश्व विद्यालयमा हुने गुण्डाराजलाई उठाएको बुझ्न सकिन्छ । फिल्मको मुख्य भुमिकामा अभिनेता सलोन बस्नेत पनि अनुबन्धित भैसकेका छन् । यो फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ । उनीहरुले ए मेरो हजुर २ र यात्रा पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन् ।
फिल्म आगामी बैशाख वा जेष्ठबाट फ्लोमा जानेछ । फिल्मको बजेट ४ करोड रहेको निर्माण टिमले जानकारी दिएको छ । फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ । फिल्ममा नाम चलेका निर्देशक नै रहने दाबी टिमको छ । पूर्ण रुपमा एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन् । फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन् ।
For More videos Log on to Mazzako TV