सलोन फिल्म फेयर अवार्डमा उत्कृष्ट घोषित
अभिनेता सलोन बस्नेत छोटो सिनेमा ‘इम प्योर’ ले त्रिलोक इन्टरनेशनल फिल्म फेयर अवार्डस्मा उत्कृष्ट घोषित भएका छन् । जुन २६ मा भारतको तालिनाडु राज्यको उटीमा आयोजित अवार्ड समारोहमा सलोन छोटो सिनेमा विद्या तर्फ उत्कृष्ट अभिनेता घोषित भएका हुन् । अष्ट्रेलियाको कम्पनीले निर्माण गरेको सिनेमालाई अनुप थापाले निर्देशन गरेका हुन् ।
सिनेमामा सलोनका अलवा अभिनेत्री मेनुका प्रधान र रुविना थापाको पनि अभिनय रहेको छ । बाल कलाकारको रुपमा परिचित सलोनले होस्टेलबाट नेपाली सिनेमामा डेव्यु गरेका हुन् । उनले काम गर्ने हरेक सिनेमाबाट अभिनयमा तारिफ पाएका छ्न। अभिनेता सलोन बस्नेतको मुख्य भुमिका रहेको सिनेमा जय हो आगामी भाद्र ८ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आउँदैछ । शोभित बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमालाई टेक पौरखी राईले निर्देशन गरेका छन् ।
For More videos Log on to Mazzako TV