फिल्म ‘देववाणी’को शुभ मुर्हत गरिएको छ । शुक्रबार राजधानीको भद्रकाली मन्दिरमा पूजाआजा गर्दै बाबु साहेब बलामीको निर्देशनमा निर्माण हुने फिल्मको शुभ साईत गरिएको हो । फिल्म मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुनेछ । फिल्मको छायांकन सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा हुनेछ । मुहुर्तमा फिल्मका प्रमुख कलाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा र रविन्द्र झाले मुहुर्त सट दिएका थिए ।

मुहुर्तमा चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रियले क्यामराको स्वीच अन, कलाकार संघका अध्यक्ष मोहन निरौलाले निर्देशन, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले क्ल्याप र द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधानले नरिवल फोडेका थिए ।
फिल्ममा कुन्दन भारद्वाज, अनुजा लेप्चा सुनिल थापा, ध्रुब कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणीको अभिनय रहनेछ । मौसम पौडेल प्रस्तुतकर्ता रहेको फिल्ममा मिना खड्का र हिराबहादुर लेप्चा निर्माता रहेका छन् भने महेन्द्र यादव कार्यकारी निर्माता रहेका छन् ।

फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुने छ ।

For More videos Log on to Mazzako TV