निश्चल बस्नेतको ‘दिमाग खराब’: कार्तिक २४ मा रिलिज
निश्चल बस्नेतको निर्देशनमा फिल्म ‘दिमाग खराब’ निर्माण हुने भएको छ । निश्चलले फिल्म ‘दिमाग खराब’ को रिलिज मिति सहितको पोस्टर सार्वजनिक गरेका छन् । कार्तिक २४ मा रिलिज तय गर्दै फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेका हुन् ।

फिल्ममा फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा र बिजय बराल मुख्य भूमिकामा रहने भएका छन् । फिल्ममा सुसन प्रजापतिको छायांकन, आकाश बरालको पटकथा, जयन जे वाइवा र कालिप्रसाद बाँस्कोटाको संगीत, निमेष श्रेष्ठको सम्पादन रहने पक्का भएको छ ।
फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी रहेका छन् । रौनक विक्रम कँडेलको निर्माणमा तयार हुन लागेको फिल्ममा सिनमा आर्टस् प्रालि र ब्ल्याक हर्स पिक्चर्स प्रालिको सहकार्य रहेको छ ।