‘नाङ्गो गाउँ’ मा कर्मा र साम्रज्ञी रोमान्टिक

निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नाङ्गो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भईरहेको छ । चैत्रको १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए । फिल्मको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन् ।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भैरहेको फिल्मलाई हिमाल शर्माले लगानी गरेका हुन् । फिल्ममा आलोक शुक्लाको छायांकन छ । निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो । उनले ‘घामपानी, गोपि, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन् ।
