‘जय हो’ को छायांकन अगावै विदेश राइट्स बिक्रि
शोभित बस्नेतकको प्रस्तुतिमा निर्माण हुने फिल्म ‘जय हो’ को छायांकन अगावै विदेश राइट्स बिक्रि भएको छ । नमस्ते इन्टरटेनमेन्टले फिल्मको विदेश राइट्स किनेको हो । अब फिल्म नेपाल बाहिर रिलिज गर्न चाहनेले नमस्ते इन्टरटेनमेन्टसँग विभिन्न देशमा रिलिज गर्न चाहनेले सम्पर्क गर्नु पर्नेछ । देव कार्की सञ्चालक रहेको यो कम्पनिले यसअघि हाल प्रदर्शनरत फिल्म ‘छक्का पञ्जा ४’ र ‘दुई नम्बरी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘आमा’का साथै आगामी चैत्र २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म प्रसाद २ को अष्ट्रेलिया राइट्स किनेको थियो ।

टेक पौरखी राईको निर्देशन निर्माण हुने फिल्ममा अर्पण थापा, सलोन बस्नेत, केकि अधिकरी, निशा अधिकरी, माओत्से गुरुङ प्रेम पाण्डे , दिपा शक्या श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ अथिती कलाकारमा रोहित रुम्बा लगायतको अभिनय रहेको छ । फिल्मको द्धन्द्व निर्देशनमा सम्राट बस्नेत, कोरियोग्राफीमा कबिराज गहतराज र रामजी लमिछाने, सम्पादनमा बनिश शाह, रहेका छ्न फिल्म चैत्र ११ बाटगते देखि फ्लोरमा गएको छ। फिल्म यतिबेला पोखराको विभिन्न स्थानमा छायांकन भइरहेको छ ।
सिनेमाको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ । सुरेश न्यौपानेको कथा लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने फिल्मआगामी भाद्र ८ अर्थात अगष्ट २५ मा रिलिज गरिने निर्माण टिमले जानकारी गराएको छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने सिनेमाको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार फिल्म ‘जय हो’ विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।
For More videos Log on to Mazzako TV