बर्षाको ‘ए साथी सुन’ को टिजर सार्वजनिक
अभिनेत्री बर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको फिल्म ‘ए साथी सुन’ को टिजर सार्वजनिक गरिएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले फिल्मकोे रिलिज मिति पोस्टपोन्ड गरेको छ । यसअघि चैत्र १० मा प्रदर्शन गर्ने तयारी गरेको फिल्मलाई पोस्टपोन्ड गरेर २०८० सालको जेठ ५ गते को लागि नयाँ रिलिज मिति गरेको हो ।

प्राविधिक काम नसकिएकाले फिल्मको प्रचार प्रसार पनि गर्न पनि अप्ठ्यारो भएकाले रिलिज सार्नु परेकको निर्माण टिमले बतायो । लभस्टोरी, थ्रीलर र कमेडी जानराको फिल्ममा बर्षा र रमेशसंगै आयन खड्का, सुशिल पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकार छन् । ‘ए साथी सुन’ नै जयनन्द लामा अभिनित अन्तिम फिल्म हो ।
राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बीना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सह–निर्मातामा सुदीप पौडेल छन् । ए साथी सुनलाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।