शोभित बस्नेत प्रस्तुतकर्ता रहने फिल्म ‘जय हो’ मा अभिनेत्री निशा अधिकारी अनुबन्धित भएकी छन् । शुक्रबार प्रस्तुतकर्ता बस्नेत र अभिनेत्री अधिकारीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निशा अभिनित पछिल्लो फिल्म ‘म’ गत साउनमा प्रदर्शनमा आएको थियो ।

अधिकारीले हालै मात्र फिल्म ‘आँखा’को छायांकन सकाएकी छन् । टेक पौरखी राईको निर्देशनमा बन्ने फिल्ममा यसअघि नै केकी अधिकारी, सलोन बस्नेत, अर्पण थापा र माओत्से गुरुङलगायतका कलाकार फाइनल भइसकेका छन् । फागुन २५ देखि फ्लोरमा जाने फिल्मको ९० प्रतिशत मुस्ताङ र १० प्रतिशत छायांकन पोखरामा गरिनेछ ।

सुरेश न्यौपानेको कथा रहने फिल्ममा सौरभ लामाको छायांकन र शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहने फिल्मलाई आगामी दशैँमा रिलिज योजना निर्माण टिमको छ । सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण हुने फिल्मको निर्मातामा राज के अधिकारी र सुरज सरकार छन् । अधिकारी र सरकार जय हो विजनेश ग्रुप र सनराइज ग्रुप अष्ट्रेलिया रकडेलका सञ्चालक हुन् ।

For More videos Log on to Mazzako TV