अभिनेता अनमोल केसीको प्रतिक्षित फिल्म ‘छड्के २’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार तीन ग्याङको लडाईको कथा भन्ने फिल्मको ट्रेलर सावजनिक गरिएको हो । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङको कथा ‘छड्के २’ फिल्मले प्रस्तुत गर्ने छ । यी तीनवटा ग्याङमध्ये एउटा ग्याङको नेताको रुपमा अनमोललाई प्रस्तुत गरिएको छ । जसमा उनी शरीरभरी ट्याटु र हतियार सहित बुलेट बाइक चढेर आफ्नो ग्याङको नेतृत्व गरिरहेका छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलान लगायतका कलाकारले अभिनय गरेका छन् ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको फिल्ममा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

For More videos Log on to Mazzako TV