राजु गिरीको निर्देशनमा निर्माण भैरहेकको फिल्म ‘नम्बरी सुन’ को ९० प्रतिशत छायांकन सकिएको छ । सिकाली चौरबाट सुरु भएको छायांकन अहिले लम्जुङ्गकको भुजुङ्ग गाउँमा १९ औं दिनको छायांकन चल्दैछ । निर्माण टिमका अनुसार गुरुङ भाषाको छायांका स्थल भुजुङ्गमा पहिलो पटक नेपाली भाषाको छायांककन गरिएको हो । ७० बर्ष पुरानो कथा भएकाले पनि लम्जुङ्गको भुजुङ्ग गाउँमै सिनेमा खिच्नु परेको फिल्मका कथाकार तथा प्रस्तुतकर्ता नारायण खाती बताउँछन् ।

निर्देशक गिरी फिल्मको कथाले नै पौराणीक गाउँ खोजेकाले पनि उक्त स्थान खोज्दै जाँदा भुजुङ्ग गाउँ पुगिएको उल्लेख गरे । नारायण खातीको कथा तथा प्रस्तुती रहेको फिल्ममा गौरव पहारी, नम्रता सापकोटा, सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारी, कलाकारहरुको अभिनय रहनेछ ।

सुवर्ण शिभान्स प्रोडक्सनकोे ब्यानरमा निर्माण हुने फिल्ममा काजल गिरी, कंगना गिरी, बिमर्स कुँवर, सक्षम गहतराज, श्रीयान्स खाती लगायतका बाल कलाकारको पनि अभिनय रहनेछ । शिभम् अधिकारीको पटकथा तथा संवाद लेखन रहेको फिल्मलाई सरोज खाती, सविन खाती र मनोज रिजालले निर्माण गर्दैछन् ।

नम्बरी सुनमा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछाने नृत्य निर्देशक, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्धन्द्व निर्देशन, गौतम राज खड्काको सम्पादन, अशोक रोक्काको मेकअप, मुख्य सहायक निर्देशनमा जिबन गौतम र प्रोडक्सन म्यानेजरमा अनिष अधिकारी रहेको छन् । फिल्ममा अभिनेता तथा निर्माता किरण नेपाली भिलेनको भुमिका निर्वाह गरेका छन् ।

For More videos Log on to Mazzako TV