कान्तिपुर मोडल एजेन्सीको ब्यानरमा बन्न लागेको अन टाईटल्ड प्रोजेक्टका लागि अडिसन आह्वान गरिएको छ। अडिसनका लागि पुरुष कलाकारको हकमा १८ देखि २५ बर्ष उमेर हुनुपर्ने छ भने, महिला कलाकारको उमेर हद १८ देखि २२ बर्ष हुनुपर्ने छ । यस्तै, बाल कलाकारको हकमा ४ देखि १२ बर्ष उमेर हद तोकिएको निर्माण टिमले जनाएको छ। अडिसन यहि आउँदो फागुनको अन्तिम साताबाट हुनेछ। इच्छुक कलाकारहरुले कान्तिपुर मोडल एजेन्सीको अफिसियल पेजमा गएर सम्पर्क गर्न सक्नेछन्।

दुर्गा बिस्टको प्रस्तुती रहने फिल्मका निर्देशक भने हालसम्म फाईनल भई रकेका छैनन्। हाल सम्म गोविन्द राज खड्का, मनोज दर्नाल जस्ता केहि कलाकारहरुको छनौट भएता पनि आगामी अडिसनबाट सम्पूर्ण कलाकारहरु पक्का हुने जानकारी निर्माण टिमको छ। अडिसनबाट छानिएका कलाकारहरुलाई लिएर निर्माणले वर्कशप गरे पछि मात्र फिल्म छायांकनमा जानेछ। फिल्ममा केहि नँया र पुराना कलाकारहरुको पनि अभिनय हेर्न सकिनेछ।

सोसियल ड्रामामा आधारित फिल्मको अडिसनमा निर्देशक शंखर कार्की, कस्टिंग निर्देशक सुरेन्द्र क्षेत्रि तथा थिएटर आर्टिस्ट सागर कार्कीले निर्णायकको भूमिका निभाउने छन। राजन कार्कीले निर्माण गर्न लागेको फिल्मको बारे अझ बढी जानकारी निर्माण चाडैनै दिने योजना बनाएको छ।

For More videos Log on to Mazzako TV