आज शुक्रबारबाट दुई नेपाली फिल्म ‘मनसँग मन’ र ‘आँधी तुफान २’ अल नेपाल प्रदर्शनमा आएको छ । ‘कैलाश राई निर्देशित तथा अरुण तामाङ निर्मित ‘मनसँग मन’मा पुष्प खड्का, वर्षा सिवाकोटी, बुद्धि तामाङ, रविन्द्र झागायतको अभिनय छ । पल शाह र पूजा शर्माले एक गीतमा नृत्य गरेका छन् । 

त्यस्तै, मौनता श्रेष्ठको लेखन र निर्माण रहेको ‘आँधी तुफान २’मा आरती आचार्य, सोनी बिसी, याङ्शु श्रेष्ठ, रवि गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारीलगायतको अभिनय छ । मदन घिमिरेद्वारा निर्देशित यो फिल्मले महिला सशक्तिकरणको विषय उठान गरेको छ ।

For More videos Log on to Mazzako TV