११ औं नेफ्टा फिल्म अवार्डको औपचारिक घोषणा भएको छ । काठमाण्डौँ स्थित सोल्टी होटलमा कार्यक्रम गर्दै अवार्डको घोषणा गरीएको हो । नेपाली फिल्म र संगीतकर्मीको बाक्लो उपस्थिती रहेको समारोहमा अवार्डको आगामी संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ गते (२७ मे, २०२३) मा आयोजना हुने जानकारी दिइयो । कार्यक्रममा अवार्डको ट्रफी समेत अनावरण गरिएको थियो ।

समारोहमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र प्राविधिक संघ र नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गर्दै अवार्डको अमेरिकी संस्करणको घोषणा गरीएको थियो  । कार्यक्रममा गायक प्रेमराजा महत, कलाकारहरु चैत्यदेवी, शिव श्रेष्ठ, रविन्द्र खड्का, दीपाश्री निरौला, साम्राज्ञी शाह, शिल्पा मास्के, पुष्प खड्का, सुशिल श्रेष्ठसहित दर्जनौं कलाकर्मी उपस्थित थिए । अवार्डमा २०७९ सालभित्र रिलिज भएका फिल्मले ४२ वटा विधामा प्रतिस्पर्धा गर्ने जानकारी दिइयो ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा लैजान अवार्डले भूमिका खेल्ने बताउँदै चलचित्रको माध्यमबाट भाषा, संस्कृति र पर्यटनको प्रवद्र्धन गर्नु आफूहरुको उद्देश्य रहेको बताए । यसै गरी आयोजक संस्था फेम नेपालका अध्यक्ष बिमल पछाइले नेफ्टा अवार्डमार्फत आफूहरुले हलिउड र बलिउडसँग पनि सहकार्य गरेर संस्कृतिलाई प्रवद्र्धन गर्नु रहेको बताए ।

साथै नेफ्टा अध्यक्ष लामाले नेफ्टाको उद्देश्य पनि अवार्डमार्फत फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने र फिल्मलाई प्रवद्र्धन गर्नु रहेको बताए । नेपाल र अमेरिकाबीचको ७५ औं कूटनीतिक सम्बन्ध स्थापनाको छेकोमा गर्न लागिएको अवार्डले दुई मुलुकबीच सांस्कृतिक र देशीय सम्बन्धलाई प्रगाढ बनाउन भूमिका खेल्नसक्ने बताए ।यसअघि नेफ्टा अवार्ड दुबई, मलेसिया, हङकङ र कतारमा सम्पन्न भैसकेको छ ।

For More videos Log on to Mazzako TV