बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘दर्शन सलाम’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । डेभिड शंकर र साहिमा श्रेष्ठको स्वर रहेको गीतमा राजेन्द्र थापाको शब्द र दीपक शर्माको संगीत छ ।

गीतमा गाउँको चुनावको मोहोल देखाइएको छ । दीपकराजलाई गाउँले नेताको रुपमा प्रस्तुत छन् । दीपक, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकार पनि गीतमा फिचर्ड छन् ।

दीपक र दीपाले अनस्क्रिन जोडीको रुपमा गीतमा नृत्य गरेका छन् । स्वस्तिमा र राजलाई जोडीको रुपमा देख्न सकिन्छ ।फिल्ममा बेदना राई, सुस्मा निरौला लगायत कलाकारको पनि अभिनय छ ।
कविराज गहतराजको डान्स कोरियोग्राफी रहेको गीतमा नरेन्द्र मैनालीको छायांकन छ । फिल्मका निर्देशक हेमराज बीसी हुन् । फिल्म फागुन १९ गतेदेखि रिलिज हुँदैछ । आमा सरस्वती मुभिज र आईएमईको ब्यानरमा फिल्म निर्माण भएको हो ।

For More videos Log on to Mazzako TV