राजु गिरीको निर्देशनमा निर्माण हुने सिनेमा नम्बरी सुनमा आभिनेता बिनोद न्यौपाने अनुबन्धित भएका छन् । निर्माण टिमले दिएको जानकारी अनुसार बिहिवार लिखित सम्झौता भएकको छ । माघ २० गतेबाट फ्लोरमा जाने सिनेमामा गौरव नम्रता बिनोदको अलवा सरोज खनाल, बुद्धि तामाङ, राजाराम पौडेल सविन बास्तोला, गीता अधिकारी, स्मृती वली लगायतमा कलाकारको अभिनय रहनेछ ।

निर्देशक गिरी ‘नम्बरी सुन’ झण्डै ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा निर्माण गर्न लागेको बताउँछन् । सिनेमाबाट लामो समयपछि द्धन्द्व निर्देशक राजेन्द्र खड्गी कमव्याक गर्दैछन् । सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने सिनेमाको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौंका विभिन्न ठाउँमा सिनेमाको छायंकन गरिनेछ । सिनेमामा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछाने कोरियोग्राफी, रहनेछ ।

For More videos Log on to Mazzako TV