‘ह्यारी की प्यारी’ को मोसन पोस्टर रिलिज
अनिभेता जितु नेपाल तथा अभिनेत्री साम्राज्ञी आर एल शाह स्टारर फिल्म ‘ह्यारी की प्यारी’ को मोसन पोस्टर रिलिज भएको छ । मंगलबार सार्वजनिक गरिएको मोसन पोस्टर जितुलाई पैसाको पछि दौडिएको र साम्राज्ञीले जितुलाई पछ्याएको देख्न सकिन्छ । माघ २० बाट प्रदर्शन हुने फिल्म कमेडी जनरामा निर्माण भएको हो ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको पनि अभिनय रहेको छ । फिल्ममा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।
डाक्टर कपिल रिजालको प्रस्तुति रहेको फिल्ममा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यू निरवीले लेखेका हुन् । दन्त चिकित्सक डाक्टर कपिल रिजालले यही फिल्मबाट निर्देशनमा डेब्यू गर्दैछन् ।
फिल्ममा डाक्टर भोला रिजालको गीत रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।