‘चि मुसी चि’ को कथा गीत रिलिज
हरर थ्रिलर फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को गीत रिलिज गरिएको छ । सोमवार राजधानीमा एक कार्यक्रम गर्दै ‘कथा’ बोलको प्रेमिल भावको गीत रिलिज गरिएको हो । गीतमा म्यूजिक प्रोडुसर रोहित शाक्य, गायन विराज गौतम र डा.त्रिसला गुरुङ, म्यूजिक कम्पोजर शाक्य र गौतम छन् भने शब्द रचना सौरभ श्रेष्ठ र गायक विराज गौतमको छ ।गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी प्रस्तुत छन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ । सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ।

सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् । सिनेमा नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने छन् । सिनेमामा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका हुन् ।