यहि पुष २२ गतेबाट रिलिजको तयारी गरेको फिल्म ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक २ मिनेट ५२ सेकेन्ड लामो ट्रेलर एक अन्जान बालिकाको वरिपरि घुमेको छ’ । जसले फिल्मका पात्रहरु प्रियंका कार्की, ऋचा शर्मा, बेनिषा हमाल र आयुष्मान देशराज जोशी श्रेष्ठ लगायत अतालिएको डराएको भान गराउँछ ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई मर्ण जेम्स र यश सैनीले निर्देशन गरेका हुन्। अरुण चक्रावर्ती लगानी गरेको फिल्ममा रिञ्जु केसी प्रस्तुतकर्ताको रुपमा देखिएका छन। फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशीका साथै राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा नेपाली र बलिउड प्राविधिकले काम गरेकाले दर्शकले केही फरक र नयाँपन महसुस गर्ने निर्माण टिमको विश्वास छ । फिल्ममा गोद्रेज पिक्चर्सले भिएफएक्स गरेको हो । गोद्रेज पिक्चर्सलाई हलिउडमा समेत काम गरेको अनुभब छ । उच्च कोटीको हरर फिल्म हेर्ने दर्शकहरुको चाहनालाई ‘चि मुसी चि’ले पूरा गर्ने निर्देशक जेम्सको दाबी छ ।

For More videos Log on to Mazzako TV