अभिनेता पुष्प खड्का तथा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रेम, धोका र वदलाले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । फिल्मलाई रमेश एमके पौडेलको निर्देशन एवं निर्माण गरेका हुन् ।

फिल्ममा अभिनेता पुष्प, साम्राज्ञी र इमिली लामाको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । संगै हाँस्य अभिनेता सन्दिप क्षेत्रीको भुमिकाले कौतुहलता पैदा गर्दछ ।


सबिर श्रेष्ठको लेखन तथा कार्यकारी निर्माण रहेको फिल्ममा पुष्प, साम्राज्ञी, इमिली, सन्दीपसंगै सरोज खनाल, खड्क बहादुर पुन, दिपिशा केसीलगायतका कलाकारहरुको अभिनय छ । सबिर श्रेष्ठ र बाबुराम निरौलाको स्क्रिप्टमा निर्माण फिल्ममा शिव ढकालको छायांकन, सुवाष भुषाल÷योगेश काजीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

पुष २९ देखि देशव्यापी प्रदर्शनमा आउने फिल्ममा पासाङ लामा, अर्नव पौडेल र आर्यन पौडेलको लगानी रहेको छ । फिल्मको सहनिर्मातामा नीरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन् ।

For More videos Log on to Mazzako TV