अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी स्टारर फिल्म ‘डिसेम्बर फल्स’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै प्रेम र द्वन्द्वले भरिएको ट्रेलर सार्वजनिक गरिएको हो । भारतीय निर्देशक प्रवीण झाले फिल्मलाई निर्देशन गरेका हुन् । ट्रेलरमा सलोन बस्नेत, नरेश भट्टराई, शिवहरी पौडेललगायतका कलाकार पनि देखिएका छन् ।

रामप्रसाद रिजालले निर्माण गरेको फिल्ममा सुमन थापा, शिशिर राणा, गीता अधिकारी, नागेन्द्र रिजाल, जयना कुँवर, सुमन थापा, सुमिन गुरुङ, किशन सुनुवारलगायतको पनि अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालका साथै राजकुमार भट्ट छन् ।

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रविण सिंहको कोरियोग्राफी छ । फिल्मलाई सुनिल मानन्धरको कम्पनी श्रीराम बालाजी फिल्मस्ले देशभर वितरणको जिम्मा लिएको छ ।

For More videos Log on to Mazzako TV